Comments Add Comment

Advertisment

SKIP THIS

रौतहटमा महेन्द्र राजमार्ग अवरुद्ध

०२ जेठ , काठमाडौँ । रौतहटको चन्द्रपुर १ स्थित वाग्मतीका स्थानीयले सोमबार बिहानबाट पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । उनीहरुले सडकमै बसेर प्रहरीविरुद्ध नाराबाजी गरिरहेका छन् । अहिले त्यस क्षेत्रमा स्थिति तनावपूर्ण छ ।

नगरपालिकाको १ नम्बर वडाको अध्यक्षमा बलराम राउत विजय भएपछि पराजय भएका एकीकृत समाजवादीका बिरु रखालका भाइ विवेक रखाल लगायतले विजय जुलुसमा हिँडेकालाई कुटपिट गरेको स्थानीयको आरोप छ । घटनामा केही व्यक्ति घाइते छन् । शनिबार राती विजय जुलुस जाँदै गर्दा रखाललगायतका व्यक्तिले प्रहरी चौकीका सुरक्षाकर्मी कै अगाडि कुटपिट गरेको भन्दै स्थानीय दिनेश सहनीले इलाका प्रहरी कार्यालयमा निवेदन दिएका छन् ।

घटनामा संलग्नलाई पक्राउ गर्न माग गर्दै स्थानीयले राजमार्ग अवरुद्ध गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै