नेपाल प्रहरी प्रवक्ताको जिम्मेवारी डीआईजी पोषराज पोखरेललाई -
Comments Add Comment

नेपाल प्रहरी प्रवक्ताको जिम्मेवारी डीआईजी पोषराज पोखरेललाई

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी नायव महानिरीक्षक (डीआईजी) पोषराज पोखरेललाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको छ ।

नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेललाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको उक्त सचिवालयले सोमबार जनाएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेक प्रसाद राई लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङ सरुवा भएपछि प्रहरी नायव महानिरीक्षक पोखरेललाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको हो ।

 

प्रहरी नायव महानिरीक्षक पोखरेललाई ९८५१२-९२१११ र ईमेल ठेगाना spokesperson@nepalpolice.gov.np मा सम्पर्क गर्न सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै


This will close in 20 seconds