Comments Add Comment

Advertisment

SKIP THIS

सुन्दरबजार नगरपालिका : ४ महिनामा साढे ३० लाख राजस्व संकलन

२८ मंसिर , काठमाडौं । सुन्दरबजार नगरपालिकाले चालु वर्षको चार महिनामा ३० लाख ६२ हजार राजस्व संकलन गरेको छ।

नगरपालिका राजस्व शाखाका हरिप्रसाद कुमालका अनुसार भूमिकर, घरबाहल, सिफारिस दस्तुर, नवीकरण लगायतबाट राजस्व संकलन गरेको हो।

सम्पत्ति करबापत १२ लाख ११ हजार, घरबाहलबापत ३ लाख ७२ हजार, व्यवसायीक करबापत ५८ हजार र अन्य करबापत २ हजार ९ सय राजस्व संकलन भएको उनले बताए।

परीक्षा शुल्कबाट २७ हजार, नक्सापास दस्तुरबाट ७ लाख, सिफारिस दस्तुरबाट ५ लाख ५० हजार, व्यक्तिगत घटना दर्ताबाट ६१ हजार, नाता प्रमाणित दस्तुरबाट ४० हजार संकलन भएको छ।अन्य राजस्व ३ लाख ७० हजार संकलन भएको उनको भनाइ छ।

नगरपालिकाले गत आर्थिक वर्षमा १ करोड २३ लाख ६४ हजार राजस्व संकलन गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै