Comments Add Comment

Advertisment

SKIP THIS

कांग्रेस कार्यकर्ताबीच झडप हुँदा गाउँपालिकाका अध्यक्ष घाइते

२३ चैत , काठमाडौं । धादिङको खनियावास गाउँपालिकामा स्थानीय चुनावको टिकटका विषयमा नेपाली कांग्रेस कार्यकर्ताहरूबीच झडप भएको छ ।

दुई पक्षबीच कूटाकुट हुँदा खनियावास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङ घाइते भएका छन् । अनुहारमा चोट लागेका तामाङको अवस्था भने सामान्य रहेको छ ।

मंगलबार राति कांग्रेसका दुई पक्षबीच कुटाकुट भएको धादिङ जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कुटपिटमा संलग्न भएको आरोपमा एक जना पक्राउ परेको भन्दै प्रहरीले थप छानविन गरिरहेको बताएको छ । स्थानीय चुनावका लागि गाउँ गाउँमा सरगर्मी बढ्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै