Comments Add Comment

Advertisment

SKIP THIS

कैलालीमा मोटरसाइकल पल्टीदा चालकको मृत्यु

०५ फाल्गुन , काठमाडौं । कैलालीको  उपमहानगरपालीका–१३ राजपुरमा बुधबार बेलुकी मोटरसाइकल पल्टीदा चालकको मृत्यु भएको छ । मोटरसाइकलमा पछाडी सवार व्यक्ति घाइते भएका छन् ।

मृत्यु हुनेमा कैलालीकै गोदवारी नगरपालिका–५ का ३१ बर्षीय दल बहादुर भट्टराई रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको धनगढी स्थित माया मेट्रो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

घाइते भएका मोटरसाइकलमा पछाडी सवार कैलाली ६ का ३३ बर्षीय यज्ञराज नौलालको सोही अस्पतालमा उपचार भइरहेको छ । अत्तरियाबाट धनगढीतर्फ जादै गरेको से ५ प ३९४२ नम्बरको मोटरसाइकल बुधबार बेलुकी सवा ७ बजे नियन्त्रण गुमाएर पल्टीएको प्रहरी चौकी कैलालीगाँउले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment