Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौँको टोखामा सहकारी चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ

काठमाडौँ : रातको समयमा काठमाडौँको टोखामा सहकारी चोरी गर्ने कार्यमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको बेलकोटगढी घर भई काठमाडौँको तारकेश्वरमा बस्ने रूप बहादुर तामाङ रहेका छन् । उनले माघ ३ गते टोखाको मिसास बचत तथा ऋण सहकारी संस्थाको ढोका फोडी सेफसहित नगद २ लाख चोरी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई सोमबार बसुन्धाराबाट चोरी गर्न प्रयोग भएको औजार तथा नगद सहित पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै