Comments Add Comment

Advertisment

SKIP THIS

आठ लाख मत कटाउँदै समानुपातिकतर्फ तस्रो स्थानमा उक्लियो माओवादी

१० मंसिर , काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गत समानुपातिकतर्फ नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा उक्लिएको छ । सुरुदेखि नै चौथो स्थानमा रहँदै आएको माओवादीले अहिले आएर ८ लाख एक हजार ५२४ मत पाएको छ । पछिल्लो यो परिणामसँगै समानुपातिकतर्फ माओवादी तेस्रो बनेको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी अहिले समानुपातिकतर्फ चौथो स्थानमा पुगेको छ । पछिल्लो मतविवरण अनुसार नेकपा एमाले १८ लाख ९६ हजार ७३१ मतसहित पहिलो स्थानमा छ भने कांग्रेस १८ लाख २९ हजार ७९१ मतसहित दोस्रो स्थानमा छ ।

यस्तै, चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ७ लाख ९९ हजार ३२० मत पाएको छ । पाँचौं स्थानमा रहेको राप्रपाले ४ लाख १० हजार ६८० मत पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै