२२ साउन , काठमाडौ । जिल्ला प्रहरी कार्यालय दाङले आफ्नो सक्रियता बढाउदै बन्यजन्तु चोरी शिकारका घटनामा संलग्न व्यक्तीहरुलाई पक्राउ गर्ने कामलाई पनि तिव्र बनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङले १० दिनमा बन्य जन्तु चोरी शिकारका ६ वटा घटनामा संलग्न ११ जना व्यक्तिलाई पक्राउ गरेको छ ।
जस अन्तरगत गत साउन ४ गते रेडपाण्डाको छालासहित दाङको घोराही उपमहानगरपालिका–११ खैराबाट एकजनालाई प्रहरीले पक्राउ ग¥यो । रेडपाण्डाको छाला बिक्री वितरण तथा ओसारपसार भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीबाट सल्यानको छत्रेश्वरी गाउँपालिका–१ दमाचौरका ३२ वर्षीय लोकमान सुनार ब्यागमा छाला लुकाइ राखेको अवस्थामा पक्राउ परे ।
यस्तै त्यसको दुई दिन पछि साउन ६ गते चितुवाको छालासहित दाङबाट दुईजना पक्राउ परे । बोरामा शंकास्पद वस्तु बोकेर हिडिरहेको अवस्थामा प्रहरी टोलीले जाँच गर्दा बाघको छाला फेला प¥यो । घोराही उपमहानगरपालिका वडा नं। ३ गोग्लीबाट उनीहरुको साथबाट प्रहरीले पुच्छरदेखि टाउकोसम्म पाँच फिट दुई इञ्च लम्बाई, एक फिट चार इञ्च छातीको भागको चौडाइ भएको सुकेको बाघको छाला एक थान बरामद भयो ।
यसैविच त्यसको ४ दिन पछि साउन १० गते जरायोको सिङ (ओखेटोपहार) सहित प्रहरीले दाङबाट तीनाजनलाई पक्राउ ग¥यो । तुलसीपुर–८ गहतेखोलामा साउन नौ गते राति १ बजे जरायोको सिङ बिक्री भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मार्दा बबई गाउँपालिका–१ गंगटे निवासी २२ वर्षीय जीवन घर्ती र सोही गाउँपालिका–४ हापुरे निवासी ३९ वर्षीय इन्द्रबहादुर केसी र सल्यान शारदा नगरपालिका–४ साइलाकम्दा निवासी २२ वर्षीय विनोद ओलीलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ गरेको थियो ।
जिल्लामा वन्यजन्तु चोरी शिकार तथा ओसारपसारमा पक्राउ परिरहेका छन् । दाङमा १० दिनको अन्तराल असार ३० गतेदेखि साउन १० गतेसम्ममात्रै चितुवाको छाला, रेडपाण्डाको छाला दुई थान, बँदेल र जरायोको सिंह गरी वन्यजन्तु चोरी शिकार तथा ओसारपसारका छ घटना भए । जसमा ११ जना पक्राउ परेका हुन् ।
प्रहरीले सक्रियता बढाएपछि वन्यजन्तु चोरी शिकार तथा ओसारपसारका घटनामा पक्राउ पर्न थालेका हुन् ।
.(सागर थापा)



