Comments Add Comment

Advertisment

SKIP THIS

“राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वरद्वारा भोलि बोराटारमा मतदाता Online दर्ता अभियान”

काठमाडौँ, तारकेश्वर — राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर परिवारको पहलमा तारकेश्वर नगरपालिका–५, बोराटार चोकमा भोलि शनिबार दिनको ठिक ३:०० बजेबाट मतदाता Online नामावली दर्ता सहजीकरण डेस्क सञ्चालन हुने जानकारी प्राप्त भएको छ।

उमेर १६ वर्ष पूरा गरी नागरिकता प्राप्त गरेका तर मतदाता नामावलीमा नाम नदिएको वा छुटेकाहरूलाई यस कार्यक्रममार्फत सहजीकरण गरिनेछ।

आयोजकले सबै योग्य नागरिकलाई आवश्यक कागजातसहित उपस्थित हुन अनुरोध गरेको छ।

आवश्यक कागजातहरू

✅ पहिलो पटक दर्ताका लागि:

सक्कल नागरिकता

बसाइँ सराइ भएकाहरूका लागि:

बसाइँसराइ दर्ता प्रमाणपत्र

सक्कल नागरिकता

मतदाता परिचयपत्र (बनाईसकेको भए)

मतदान केन्द्र मात्र सार्न चाहनेका लागि:

सक्कल नागरिकता

मतदाता परिचयपत्र

बिबाहको आधारमा दर्ताका लागि:

विवाह दर्ता प्रमाणपत्र

सक्कल नागरिकता

तारकेश्वरमा बसोबास गर्ने तर ठेगाना बाहिरका नागरिकका लागि:

सक्कल नागरिकता (तारकेश्वरलाई स्थानीय ठेगाना राखेर दर्ता गर्न सकिने)

महत्वपूर्ण सूचना:
कार्यक्रममा Online सहजीकरण मात्र गरिने छ। बायो–मेट्रिकको लागि जिल्ला निर्वाचन कार्यालय, मिनभवन जानुपर्नेछ।

यस पहलले नयाँ मतदाताहरू दर्ता गर्न सहजता पुग्ने र स्थानीय नागरिकलाई सक्रिय सहभागितामा उत्साहित गर्ने आयोजकहरूको विश्वास छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै