१४ मंसिर , काठमाडौँ । नेपाली मूलकी परिजिता बास्तोला अमेरिकी रियालिटी शो ‘द भ्वाइस’ को अीन्तम ८ मा प्रवेश गरेकी छिन् ।
दुई जना प्रतिस्पर्धी शो बाट बाहिरिएका छन् भने १७ वर्षीया बास्तोला अन्तिम ८ मा प्रवेश गर्न सफल भएकी हुन् । उनले क्यानडेली गायिका एलेसिया काराको गीत ‘स्कार्स टु योर ब्यूटीफुल’ गाएकी थिइन् ।
आफ्नो गीत परिजिताले गाएपछि काराले इन्स्टाग्राममार्फत बधाई तथा शुभकामना दिएकी छिन् ।


