७ असोज , काठमाडौँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री गोकुल बास्कोटाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई कार्यकाल सकिएपछि एमालेको सक्रिय राजनीतिमा फर्कन सुझाव दिएका छन् ।
बाँस्कोटाले ‘पूर्वराष्ट्रपतिले राजनीति गर्नु हुँदैन भन्ने कुनै कानुनी ब्यवस्था नभएको’ तकै गर्दै राजनीतिबाट उनीहरु राष्ट्रपति बन्ने गरेको बताएका छन् ।
उनले नेपालका एकमात्र पूर्वराष्ट्रपतिले पनि राजनीति गर्दै आएको इंगित गर्दै बाँस्कोटाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘एकमात्र पूर्वराष्ट्रपतिले पुर्व मान्यता अनुरुपको राजनीति गरेकै छन् । मेरो सिधा मत छ, वर्तमान राष्ट्रपतिले कार्यकाल सकिएपछि सोझै राजनीतिक नेतृत्व गरे अति राम्रो हुने थियो ।’
त्यसो त केही समयअघिदेखि नै एमालेका कार्यकर्ताले विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा आउनुपर्ने बताउँदै आएका छन् । यसैबेल नेता बाँस्कोटाले पनि राष्ट्रपति भण्डारीलाई कार्यकालपछि सक्रिय राजनीतिमा आउन सुझाव दिएका हुन् ।





