Comments Add Comment

Advertisment

SKIP THIS

घरभरी जहान : बारीमा बाँदरको रोइलो !

२९ फागुन , काठमाडौ । मनमा केही पीर, जिवनमा ऋण, छर छीमेकमा दुई चार जना दुष्मनहरु भए भने ढुक्क हुनुहोस कि, जीवनको सार्थक जिम्मेवारी त्यही झल्किन्छ किनकी पीरले बाँच्न सिकाउँछ, ऋणले कमाउन अनि दुष्मनले जित्न सिकाउँछ, त्यसैले त भनिन्छ नि इलमिका भागमा माछा र मासु , अल्छिका भागमा आँसु, बेइमानीहरुको यो संसारमा दलाल बिचौलियाहरु सम्झी म कति हाँसु !ब्यक्तिगत जीवनको सार आखिर जे भएपनि मानिस सामाजिक प्राणी मात्र नभएर अव त राजनीतितिर पनि संलग्न हुनथाल्यो ।

अघिपछि जे भएपनि चुनावको बेला मतदानमा भाग लिनै कर लाग्छ । विभिन्न पार्टीका नेताहरुले भोट मलाइ है भनेर कवुल गरिसकेका हुन्छन । एउटा भोट कतिलाइ दिनु र ! प्रत्येक मानिसलाइ दुबिधाको भारी बोकाएकै हुन्छन । साच्चै, नेपालको सन्दर्भमा कुरा गर्दा सतीले सरापेको देश भनेर त्यसै भनिएको होइन ।

भीमसेन थापाले देशको खातिर राम्रो काम गर्दा गर्दै आफु त मारिए उनकी श्रीमति पनि बाध्य भइन सती जान । शक्तिको लागि चाकरी र भक्तिको चलन लिच्छवी, मल्ल, शाह, राणा काल, पन्च्यायत काल र त्यसपछिका दिनहरुमा प्रजातन्त्र हुँदै गणतन्त्रात्मक ब्यबस्थामासमेत चल्दै आएको यो बिकृतिपूर्ण राजनीतिक संस्कारले हाम्रोजस्तो अविकसित समाजलाइ जरैसम्म गांजेको छ ।

शुरुमा जनअपेक्षानुरुप बिकासको गतिले सहि मोड लिएपनि पछिका दिनहरुमा आफ्नै पार्टी भित्र भागबन्डाको राजनीति खेलमा पद, पावर, पैसा र प्रतिष्ठाको लडाइ चल्यो र अन्ततस् कमजोर बिपक्षी दलको अगाडि घुडा टेक्न पुगे सत्तालिप्सामा अल्झीएका कथीत कम्युनिस्ट क्रान्तिकारी भनिनेहरु । अहिले अव स्थानीय चुनावको घोषणा भइ नै सक्यो तैपनि गठजोड सरकारमा चुनावी तालमेलमा मतैक्यता देखापरिसक्यो ।

त्यत्रो महायज्ञ लगाउदा स्वयंम देवताका पनि देवता शिबजीलाई ननिम्त्याइनाले दक्ष प्रजापतिको त्यो हालत भयो भने बिना मियोको दांई भनेजस्तो नीति, नियम, बिधि र पद्दतिको कुरा गर्दै गर्दा मनलाग्दी छाडापन देखाउने नेताहरुले आगामी चुनावमा जनताको दैलोमा के नाक देखाउनु ! देशमा जुन ब्यबस्था आएपनि दल र नेताहरु प्रायस् धेरै भागबन्डामा नै अल्झिने भएकोले जनता र देशको प्रणाली ब्यबस्थित गर्न नसक्ने स्थिति देखिइसक्यो । तसर्थ , घरभरी जहान , बारीमा बादरको रोइलो अनि कसरी थन्क्याउने खेती ?

  • खिमराज गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै