माघ १ गतेदेखि निक्षेप ब्याजदर घट्ने -
Comments Add Comment

माघ १ गतेदेखि निक्षेप ब्याजदर घट्ने

२८ पुष , काठमाडौं । नेपाल बैंकर्स संघले माघदेखि निक्षेप ब्याजदर घटाउने निर्णय गरेको छ । बुधबार बसेको बैंकर्स संघको बैठकले यही माघ १ गतेदेखि निक्षेप ब्याजदर घटाउने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकले गरेको व्यवस्थाभित्र रहेर निक्षेपको ब्याजदर घटाउने निर्णय भएको बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बताएका छन् । उनका अनुसार हाल वाणिज्य बैंकहरुले मुद्दती निक्षेपमा अधिकतम १२.१३३ प्रतिशत ब्याजदर दिंदै आएका छन् ।

यस्तै, नेपाल राष्ट्र बैंकले व्यक्तिगत र संस्थागत मुद्धति निक्षेपको ब्याजदर अन्तर २ प्रतिशत बिन्दुले अन्तर कायम गर्नुपर्ने ब्यवस्था गरेको छ । जसअनुसार संस्थागत मुद्धति निक्षेपको अधिकतम ब्याजदर १०.१३३ प्रतिशत रहेको छ ।

मुद्दती निक्षेपको अधिकतम र बचतको न्यूनतम ब्याजदरबीचको अन्तर ५ प्रतिशत कायम गर्नुपर्ने केन्द्रीय बैंकको व्यवस्था छ । नेपाल राष्ट्र बैंकले मुद्दती निक्षेपमा वाणिज्य बैंकहरुले दिएको अधिकतम ब्याजदरको औसत निकालेर त्यसको १० प्रतिशतले मात्रै निक्षेपको ब्याजदर घटाउने पाइने व्यवस्था गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै


This will close in 20 seconds