Comments Add Comment

Advertisment

SKIP THIS

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको पक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी

१७ कार्तिक , काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले मंसिर ४ गते हुने निर्वाचनका लागि ‘वाचा पत्र’ सार्वजनिक गरेको छ । बिहीबार पत्रकार सम्मेलन गरी चुनावी वाचा पत्र सार्वजनिक गरिएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीले वाचा पात्रमा कुनै पनि राजनीतिक दलमा नलागेका वा राजनीतिक लाभ नलिएको १० वर्ष पूरा नभएको वंशज नेपाली नागरिक राष्ट्रपति हुनुपर्ने प्रस्ताव गरेको छ ।

साथै, शासकीय स्वरूपबारे पनि वाचा पत्रमा उल्लेख गरिएको छ । जसमा वडाअध्यक्षदेखि संघीय संसदसम्म सम्मिलित वृहत् निर्वाचन मण्डलबाट राष्ट्रपति चुनिने सो पार्टीको वाचा पत्रमा उल्लेख छ ।

यस्तै राष्ट्रियसभाका अध्यक्ष पदेन उपराष्ट्रपति हुने, जनताद्वारा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको व्यवस्था गरेको छ । यस्तै प्रदेश परिषद, राष्ट्रियसभा र संवैधानिक परिषद्लाई पनि शासकीय स्वरूपमा समावेश गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै