Comments Add Comment

Advertisment

SKIP THIS

बलिउडकी नायिका मलाइकाको गाडी दुर्घटना

२० चैत , काठमाडौं । बलिउडकी नायिका मलाइका अरोडाको गाडी दुर्घटनामा परेको भारतीय सञ्चार माध्यमले जनाएको छ । गाडी खोपोली एक्सप्रेसवेमा दुर्घटनामा परेको बताइएको छ ।

खबरका अनुसार तीन गाडी एक–आपसमा ठोक्किएका छन् जसमध्ये एक मलाइका आरोडाको पनि थियो । दुर्घटनाका बेला नायिका गाडीभित्रै थिइन् । मलाइकालाई हल्का चोट लागेको छ । खोपोली प्रहरी स्टेशनका अनुसार नायिकालाई अपोलो अस्पताल लगिएको छ जहाँ उनको उपचार चलिरहेको छ । प्रहरीका अनुसार घटनाको अनुसन्धानपछि उनले एफआईआर दर्ता गर्नेछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment