Comments Add Comment

झापाको बिर्तामोड नगरपालिकाबाट तास खेल्ने ५ जनालाई प्रहरीले पक्राउ

१२ जेठ , काठमाडौं । झापाको बिर्तामोड नगरपालिकाबाट १ लाख ७५ हजारसहित तास, कौडा खेल्ने ५ जना पक्राउ प्रहरीले नियन्त्रणमा लिएको छ ।

हिजो बेलुका बिर्तामोड–५ का ३८ वर्षीय डालकुमार राईको घरको कोठामा जुवा जन्य खेल खेलिरहेको छ भन्ने गोप्य सुचानको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले तास र कौडा खेलिरहेका इलाम सूर्योदय न.पा–१० का ३० वर्षीय दिलकुमार श्रेष्ठ, बिर्तामोड–५ का ३६ वर्षीय सञ्जीप घतानी, ४२ वर्षीय ससुहाङ चेम्जोङ, ३८ वर्षीय डालकुमार राई ९घरधनी० र मेचीनगर–२ का ४८ वर्षीय भुपु राईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी बसन्त पाठकले जानकारी दिनुभयो ।

प्रहरीले १ लाख ७४ हजार ७३५ रुपैयाँ, ३ बुक तास र १५ थान कौडासमेत बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै