यति एयरलाइन्स दुर्घटना : ५३ जना नेपाली, १५ जना विदेशी यात्रु सवार -
Comments Add Comment

यति एयरलाइन्स दुर्घटना : ५३ जना नेपाली, १५ जना विदेशी यात्रु सवार

१ माघ , काठमाडौं । पोखरामा दुर्घटना भएको यति एयरलाइन्सको विमानमा १५ विदेशीसहित ६८ जना नेपाली यात्रु रहेको खुलेको छ । ७२ सिट क्षमता भएको विमानमा चार जना चालक दलका सदस्यहरू रहेका थिए ।

नागरिक उड्डयन प्राधिकरण अनुसार ४ जना रुसी, ५ जना भारतीय, १ जना फ्रेन्च, २ जना कोरियाली, १ जना आइरिस, १ जना अस्ट्रेलियन र १ जना अर्जेन्टिनी नागरिक रहेका थिए । बाँकी ५३ जना नेपाली यात्रु रहेका थिए ।

यति एयरलाइन्सको विमान आइतबार बिहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नअघि दुर्घटना भएको थियो । विमानस्थललाई हाल बन्द गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै


This will close in 20 seconds