Comments Add Comment

Advertisment

SKIP THIS

लिवरल डेमोक्रेटिक पार्टीका वरिष्ठ नेता तथा प्रतिनिधिसँग प्रचण्डको भेट

२४ साउन , काठमाडौं । जापान भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ लिवरल डेमोक्रेटिक पार्टी जापानका वरिष्ठ नेता लगायतका नेताहरुसँग भेटवार्ता ‍गरेका छन् ।

आज एलडीपी हेडक्वार्टर टोकियोमा प्रचण्ड र लिवरल डेमोक्रेटिक पार्टी जापानका वरिष्ठ नेतालगायतसँग भेटवार्ता गरेका हुन् । भेटमा पुर्व महासचिव, पुर्व अर्थ, व्यापार र उधोगमन्त्री तथा जापानी प्रतिनिधिसभाका सदस्य एवं नेपाल जापान संसदिय समितिका सभापति तोसिहिरो निक्कइसँग सहभागी थिए ।

भेटमा दुई देशबीचको आपसी सम्बन्धलाई अझ सुदृढ गर्न उच्च तहका भ्रमणहरुको आदानप्रदान देखि स्थानीय सहर/नगरहरुबीच भगिनी सम्बन्धको विकास, नेपालको कृषि, जलविद्युत, भौतिक पुर्वाधार लगायतका विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै