१३ साउन , काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा चित्त नबुझे ग्रेडवृद्धिका लागि निवेदन दिन विद्यार्थीलाई सूचित गरेको छ ।
आज सूचना निकालेर बोर्डले २०७८ सालमा साधारण तथा प्राविधिक धारतर्फ नियमित तथा ग्रेडवृद्धि समूहबाट परीक्षामा सम्मिलित भएका परीक्षार्थीले ग्रेडमा चित्त नबुझेमा पुनर्योग गराउन सक्ने जनाएको छ ।






