Comments Add Comment

Advertisment

SKIP THIS

नेपाल प्रहरीको असइ भन्दै ठगी गर्ने बैतडीकी अमिलालाई थानकोटबाट खटिएको प्रहरीले पक्राउ

काठमाडौं: आफूलाई नेपाल प्रहरीको असइ भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बैतडी पुर्चौडी नगरपालिका– ६ की २४ वर्षीया अमिलाकुमारी साउद छिन्।

प्रहरीका अनुसार उनले दैलेखको नारायण नगरपालिका– ११ की २६ वर्षीय अमृता विष्टलाई राष्ट्रिय अनुसन्धान विभागको सिपाही पदमा जागिर मिलाइदिने भन्दै एक लाख ५० हजार रुपैयाँ असुल गरेकी थिइन्।

काठमाडौंको चन्द्रागिरि नगरपालिका– १४ नैकाप बस्दै आएकी साउदले विष्टलाई विश्वास दिलाउन नेपाल प्रहरीको पोसाक देखाएकी थिइन्। सोही क्रममा उनले असइको फुली लगाएको फोटो पनि विष्टलाई देखाएकी थिइन्।

उनले आफू सइमा बढुवा सिफारिस भएको भन्दै विष्टलाई विश्वास दिलाएकी थिइन्। रकम लिएपछि भने उनी फरार भएकी थिइन्।

प्रहरीले उनको डेराबाट नेपाल प्रहरीको ‘वर्किङ ड्रेस’, असइको फुली, अमिलाकुमारी साउद लेखिएको नेम प्लेट, छालाको बुट, छालाको बेल्ट बरामद गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै