Comments Add Comment

Advertisment

SKIP THIS

पूर्व प्रहरी कर्मचारीका सन्ततीलाई अध्ययन र प्रहरी भर्नामा प्राथमिकता : आईजीपी धिरज सिंह

काठमाडौं । नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह पूर्व प्रहरी कर्मचारीका सन्ततीहरूलाई स्कुल भर्ना तथा प्रहरीको भर्ना छनोटमा प्राथमिकता दिने र पूर्व प्रहरी कर्मचारीहरूको हकहितको लागि संगठनबाट सक्दो सहयोग हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले बाँकेका पूर्व प्रहरी कर्मचारीहरूसँग शुक्रबार आयोजित एक कार्यक्रमबीच अन्तरक्रियामा यस्तो बताएका हुन् ।

पूर्व प्रहरी संगठन जिल्ला कार्य समिति बाँकेका अध्यक्ष पूर्व प्रहरी निरीक्षक गंगाबहादुर अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त अन्तरक्रिया कार्यक्रममा उपस्थित पूर्व प्रहरी कर्मचारीहरूले आ–आफ्ना जिज्ञासा राखेका थिए ।

उक्त अवसरमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक नल प्रसाद उपाध्याय, कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेल, कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत हाल नेपालगंजका प्रमुख, लुम्बिनी प्रादेशिक प्रहरी अस्पताल नेपालगंजका प्रमुख लगायतका प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै