Comments Add Comment

Advertisment

SKIP THIS

वैवाहिक बलात्कारसम्बन्धी मुद्दामा गायक रवि ओडले पाए सफाइ

श्रावन १ ,काठमाडौ । गायक रवि ओडले वैवाहिक बलात्कारको मुद्दामा सफाइ पाएका छन्। कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश चाणकमणि अर्यालको इजलासले अभियोग दाबी नपुग्ने फैसला गरेको हो।

आइतबार न्यायाधीश अर्यालको मुद्दा फाँट २ मा उक्त मुद्दाबारे सुनुवाइ भएको थियो। सुनुवाइपछि अदालतले अभियोग दाबी नपुग्ने फैसला गरेको कञ्चनपुर जिल्ला अदालतको वेबसाइटमा उल्लेख छ।

ओडविरुद्व उनकी श्रीमतीले गत चैत २० गते वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै इप्रका झलारीमा उजुरी दिएकी थिइन्।

प्रहरीले सोही दिन जिल्ला अदालतबाट ओडका नाममा पक्राउ पुर्जी जारी गरेको थियो । तर, उनी सांगीतिक कार्यक्रममा देश बाहिर रहेका कारण पक्राउ परेका थिएनन्। विदेशबाट फर्किएपछि उनले आफैं प्रहरीसामु आत्मसमर्पण गरेका थिए। त्यसपछि ओड अदालतको आदेशपछि ५ लाख धरौटीमा रिहा भएका थिए ।

कृष्णपुर नगरपालिकाका ओड नेपाल आइडल सिजन २ का विजेता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment