Comments Add Comment

Advertisment

SKIP THIS

कोशी प्रदेश प्रहरी अस्पतालमा ल्याव परीक्षण सेवा शुरु

३ वैशाख ,काठमाडौ । मोरङको बेलबारी नगरपालिका-३ स्थितमा रहेको कोशी प्रदेश प्रहरी अस्पतालमा ल्याव परीक्षण सेवाको शुभारम्भ भएको छ ।

आज बिहान कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाको प्रमुख आतिथ्यतामा शुभारम्भ भएको ल्याव परिक्षण सेवामा निमित्त प्रदेश प्रहरी प्रमुख बास्तोलाले ल्यावमा परीक्षण नमुना ९द्ययियम० दिई सेवा शुभारम्भ गरेका हुन् ।

प्रदेश प्रहरी अस्पतालको ल्यावबाट CBC, LFT, RFT, Lipid-profile, Urine R/E, Stool R/E, Uric acid, Sodium, Potassium, Serology लगायतका परीक्षण सेवा सुचारु भएको छ ।

सेवा शुभारम्भ कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रहरी उपरीक्षक श्याम कुमार महतो, जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक दिपक पोखरेल लगायत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै