Comments Add Comment

Advertisment

SKIP THIS

जुत्ता कारखानामा आगलागी

२५ साउन , काठमाडौं । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी भएको हो ।

जिल्ला प्रहरी कार्यालय काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बालाजु बाइपास नजिकको एक जुत्ता कारखानामा आगलागी भएको जानकारी दिए । अहिले उक्त स्थानमा प्रहरी टोली पुगिसकेको छ ।

यस्तै आगलागी नियन्त्रणमा लिन दमकलको समेत प्रयोग भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment