Comments Add Comment

Advertisment

SKIP THIS

दियोबाट आगलागी हुँदा २६ लाखभन्दा बढीको क्षति

२७ कात्तिक , काठमाडौ । भोजपुर लक्ष्मी पूजाको लागि बालिएको दियोबाट आगलागी हुँदा भोजपुरमा रु २६ लाखभन्दा बढीको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रहरी निरीक्षक दलबहादुर राईले भोजपुर नगरपालिका–८ पोखरे बरबोट स्थित ज्ञानराज विष्टको घरमा लक्ष्मी पूजा गर्न बालिएको दियोबाट आगलागी हुँदा रु २६ लाख ५८ हजार बराबरको क्षति भएको जानकारी दिए ।

आगलागीबाट दुई तले घर जलेको छ भने घरभित्र रहेका लत्ताकपडा, अन्नपात भाडा वर्तन,सुनका गरगहना, र नगद रु १५ हजारसमेत नष्ट भएको उनले बताए ।

जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, स्थानीयवासी र वारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । आगलागीका कारण विष्ट परिवार बिचल्लीमा परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment