Comments Add Comment

Advertisment

SKIP THIS

सबैभन्दा छिटो ५० विकेट लिने विश्वकै दोश्रो खेलाडी बने सन्दीप

१२ चैत , काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने एक दिवसीय अन्तर्राष्ट्रिय ओडीआईमा सबैभन्दा छिटो ५० विकेट लिने विश्वकै दोश्रो खेलाडी बनेका छन् ।

काठमाडौँको त्रिवि मैदानमा जारी खेलमा पपुवा न्युगिनीविरुद्ध १२ औँ ओभर १ बलमा उनले चाल्र्स अमिनीको विकेट लिँदै ५० विकेट पूरा गरेका हुन् । उनले जम्मा २२ खेलमा ५० विकेट पूरा गरेका हुन् ।

सर्वाधिक छिटो ५० विकेट लिने कीर्तिमान भने श्रीलंकाका अजन्था मेन्डिसको नाममा रहेको छ । उनले जम्मा १९ खेलमा ५० विकेट लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै