Comments Add Comment

Advertisment

SKIP THIS

मासिक पारिश्रमिक बापतको रकम नलिने रौतामाईका अध्यक्षको घोषणा

१४ जेठ , काठमाडौं । रौतामाई गाउँपालिका नवनिर्वाचित अध्यक्ष वीरेन्द्रकुमार आले मगरले आफूले पाउने मासिक पारिश्रमिक बापतको रकम नलिने घोषणा गरेको छ । उनले शनिवार पदभार ग्रहण गर्दै प्राप्त हुने पारिश्रमिक परोपकारको क्षेत्रमा काम गर्ने संस्थालाई दिने घोषणा गरे ।

माओवादी केन्द्र र नेपाली कांग्रेस गठबन्धनबाट निर्वाचित अध्यक्ष मगरले पारिश्रमिक रकमलाई कोषको रुपमा विकास गरेर विपन्न नागरिकको आवश्यकतालाई पहिचान गरेर सहयोग पुर्‍याउने जानकारी दिए । मगर २०७४ सालमा पनि गाउँपालिका अध्यक्षको उम्मेदवार थिए । त्यसबेला झिनो मतले पराजित भएका थिए । मगर यसपटक भने एमालेका उम्मेदवार भरतबहादुर थापालाई फराकिलो मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन् ।

गाउँपालिका उपाध्यक्षमा नेपाली कांग्रेसका भूपेन्द्रबहादुर थापा निर्वाचित भएका छन् । पदभार ग्रहण गर्दै अध्यक्ष मगरले सम्पूर्ण क्षेत्रसँग सहकार्य र सल्लाह गरेर अघि बढ्ने प्रतिबद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै