Comments Add Comment

Advertisment

SKIP THIS

चल्दै गरेको ट्रकमा आगलागी

४ पुष काठमाडौ । दाङबाट सिमेन्ट बोकेर कैलाली पुगेको ट्रकमा चल्दाचल्दै आगलागी भएको छ ।

कैलालीको अत्तरिया पुगेको सुदूरपश्चिम प्रदेश ०२–००१–ख नम्बरको ट्रकको टायरमा आगो लागेको प्रहरीले जनाएको छ । आगो गोदावरी नगरपालिकाको दम्कलको सहायताले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

‘आगलागीका कारण टायरमा क्षति पुगेको छ,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले भने,‘ट्रकमा कुनै क्षति भएको छैन ।’ ट्रकको पछाडिको टाएरमा आगलागी भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै

कपास उद्योगमा आगलागी

पाँचथरमा भीषण आगलागी