Comments Add Comment

Advertisment

SKIP THIS

कपास उद्योगमा आगलागी

२७ जेठ , काठमाडौं । रुपन्देहीको सैनामैनास्थित एक कपास उद्योगमा आगलागी भएको छ ।

प्रहरीका अनुसार आज बिहान सैनामैना नगरपालिका–६ कलौनी पुरानो बजारमा रहेको शिव भवानी कपास उद्योगमा आगलागी भएको हो ।

आगोलाई सैनामैना नगरपालिका र बुटवल उपमहानगरपालिकाका ३ वटा दमकल, प्रहरी, सेना, जनप्रतिनिधि, नगर प्रहरी र स्थानीयले ३ घण्टापछि नियन्त्रणमा लिएका छन् ।

आगलागीबाट उद्योगको भवन, कच्चा पदार्थ लगायत जलेर नष्ट हुँदा ८६ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको रुपन्देही प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै

आगलागी

पाँचथरमा भीषण आगलागी