Comments Add Comment

Advertisment

SKIP THIS

तरकारी बजारमा आगलागी हुँदा ७० स्टल जल्यो

२२ फागुन , काठमाडौ । काठमाडौंको बनस्थलीस्थित ढुङ्गेधारामा रहेको तरकारी बजारमा आज बिहान आगलागी भएको छ ।

बिहान १ बजेतिर सुरु भएको आगलागी २ बजेतिर नियन्त्रणमा आएको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ । प्रहरीका अनुसार आगलागीका कारण ७० वटा तरकारीका स्टल जलेर नष्ट भएको छ । काठमाडौं महानगरपालिका–१६ बनस्थली नजिकै रहेको ढुङ्गेधारास्थित तकदिर रत्न शाक्यद्वारा सञ्चालित तरकारी तथा फलफूल बजारमा आगलागी भएको प्रहरीले जनाएको छ ।

क्षतिको विवरण आउन बाँकी रहेको र घटनाको विषयमा अनुसन्धान जारी रहेको वृत्तका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए । उपत्यकाका पाँचवटा दमकलको सहयोगमा स्थानीयवासी र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए । विद्युत् सर्ट भएर आगो लागेको हुनसक्ने प्रहरीको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment