Comments Add Comment

Advertisment

SKIP THIS

बिल बिनाको १ सय ३५ बोरा रसायनिक मल सहित ट्रक चालक पक्राउ

१३ साउन , काठमाडौँ । चन्द्रागिरी नगरपालिका-२ स्थित नागढुङ्गाबाट ना.६ ख ५४८८ नम्बरको ट्रकबाट बिल बिनाको १ सय ३५ बोरा रसायनिक मल सहित ट्रकका चालक मकवानपुर मनोहरी गाउँपालिका-९ बस्ने २३ वर्षीय स्वदेश उप्रेतीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको उक्त ट्रकलाई प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बिल बिनाको उक्त रसायनिक मल फेला पारी उनलाई पक्राउ गरेको हो ।

उनलाई बरामद मल र ट्रक सहित आवश्यक कारवाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

ब्राउन सुगरसहित दुई ट्रक चालक पक्राउ

Advertisment

छुटाउनुभयो कि? सबै

ब्राउन सुगरसहित दुई ट्रक चालक पक्राउ