Comments Add Comment

Advertisment

SKIP THIS

भैंसेपाटीमा एक टहरामा आगलागी हुँदा एक जनाको मृत्यु

७ माघ , काठमाडौ । भैंसेपाटीमा एक टहरामा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार आज बिहान साढे ३ बजे ललितपुर महानगरपालिका-२५ भैंसेपाटीस्थित फूलबारी मार्गमा रहेको एक टहरामा आगलागी भएको हो । दुर्गा श्रेष्ठको जग्गामा टहरा बस्दै आएका एक जना महिलाको मृत्यु भएको हो ।

धनकुटा घर भई हाल उक्त टहरामा बस्दै आएकी ३९ वर्षीय नम्रता राईको मृत्यु भएको हो भने उनी उक्त टहरामा एक्लै बस्दै आएकी थिइन‍् । बिजुली सर्ट भएको हो कि भन्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment