Comments Add Comment

Advertisment

SKIP THIS

पद वाहाली र सपथ ग्रहण कार्यक्रम

१० जेठ , काठमाडौं । २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको नतिजा प्रकाशन भए सङ्गै पद वाहाली र सपथ ग्रहण कार्यक्रम जिल्ला निर्वाचन कार्यलय ललितपुरले जेठ ०९ गते ललितपुर जिल्ला अन्तरगतका महालक्ष्मी नगरपालिका र गोदावरी नगरपालिका नव- निर्वाचित मेयर हरि गोविन्द श्रेष्ठ र गजेन्द्र महर्जन दुवैजना लाई निर्वाचन प्रमुख किरण शिवाकोटीले ,निर्वाचन कार्यलय जाउलाखेल मा सपथ ग्रहण गराउनु भएको थियोे ।

मेयर बाट १० गते उपप्रमुख ,वडा अध्यक्ष हरु,वडासदस्यहरु सबैलाई सपथ ग्रहण को कार्यक्रम रहनेछ भने .. गोदावरी नगरपालिकाको नव- निर्मित भवनमा १०गते विहान ११:०० बजे नव- निर्वाचित पदाधिकारीहरु लाई सपथ ग्रहणको कार्यक्रम रहेको कुरा मेयर गजेन्द्र महर्जनले जानकारी दिनु भएको छ।

उक्त कार्यक्रममा सपथ ग्रहण को लागि नव- निर्वाचित नगर-उप्रमुख, १४वटै वडाका वडा अध्यक्षहरु,वडा सदस्यहरु लाई कार्यक्रममा १०बजे उपस्थित को लागि अनुरोध का साथ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत प्रविण कोईराला ले पत्रचार गरिसक्नु भएको कुरा हामीलाई बताउनु भएको छ ।

गोदावरी नगरपालिकाको नव- निर्वाचित मेयर सपथ ग्रहण कार्यक्रम बाट नगरपालिका भवन प्रवेश गर्नु अगावै नगरपालिकाको कर्मचारी तथा शुभेच्छुकहरुले महर्जन लाई भव्यताका साथ स्वागत तथा पुन: निर्वाचित हुनुभएको मा पाँच वर्षीय सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै