Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौँ उपत्यकामा एकै दिन २ हजार ३१७ जना सवारी चालकलाई कारबाही

१० असार , काठमाडौं । ट्राफिक प्रहरीले एकै दिन काठमाडौँ उपत्यकामा २ हजार ३१७ जना सवारी चालकलाई कारबाही गरेको छ।

ट्राफिक नियम उल्लङ्घन गरेको कारण उपत्यकाको विभिन्न स्थानमा उनीहरूलाई कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारबाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १८० जना, मदिरा पिएर सवारी साधन चलाउने १०८ जना, लेन उल्लङ्घन गर्ने १०७ जना, जथाभाबी यात्रु चढाउने तथा ओराल्ने ९६ जना र तीव्र गतिमा सवारी साधन चलाउने ८० जना रहेका छन् ।

ढोका खुल्लै राखेर सवारी चलाउने ७० जना, रातो बत्तीको उल्लङ्घन गर्ने ५१ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने ४१ जना र क्षमता भन्दा बढी यात्रु राख्ने ३३ जना चालकलाई पनि कारबाही गरिएको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै