Comments Add Comment

Advertisment

SKIP THIS

भूमि आयोगको मान्छे हुँ भन्दै सुकुमबासीलाई ठग्ने दुई जना पुर्पक्षका लागि कारागार चलान

२६ फागुन , काठमाडौ । भूमि आयोगको मान्छे हुँ भन्दै काठमाडौंमा दुई जनाले सुकुमबासीलाई ठगेका छन् । काठमाडौं महानगरपालिका-१६ स्थित भेटघाट क्याफेमा दुई व्यक्तिले जग्गा वितरण गर्ने लोभ देखाउँदै फारम भर्न लगाएर सुकुमबासीसित पैसा असुल गरेको पाइएको थियो ।

गोप्य सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरी सरकारी वकिलमार्फत काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएकामा अदालतको आदेशले दुवै जना पुर्पक्षका लागि कारागार चलान भएका महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी सुदीप गिरीले जानकारी दिएका छन ।

एसएसपी सुदीप गिरीका अनुसार उनिहरूले आफूलाई भूमि आयोगले खटाएका व्यक्ति हौँ भनी उनीहरूले चार आना जग्गा मिलाइदिने भन्दै जनही ५० हजार रुपैयाँको असुलेका हुन् । यसरी ठग्नेमा झापाको भद्रपुर घर भई काठमाडौंको टोखा बस्ने ३८ वर्षका होमनारायण चौधरी र काठमाडौं बूढानीलकण्ठ नगरपालिका-४ बस्ने ४४ वर्षका उद्धव भण्डारी रहेको बताए ।

उनीहरूको साथबाट ल्यापटप, प्रिन्टर, भूमिहीन (भूमिहीन दलित, भूमिहीन सुकुमबासीले भर्ने निवेदन फारम लेखिएको), अव्यवस्थित बसोवासीले दिने निवेदनको ढाँचा लेखिएको फारम, विभिन्न व्यक्तिको नाम तथा फोटोसमेत राखिएका रेकर्ड फाइललगायतका सामग्री बरामद गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment