Comments Add Comment

Advertisment

SKIP THIS

सुन्तला बिक्रीबाट दोसल्लेका किसानले भित्र्याए ५० लाख


५ माघ , काठमाडौँ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसानले सुन्ताला बिक्रीबाट यसवर्ष ५० लाख रुपैयाँभन्दा बढी रकम भित्रियाएका छन् ।

व्यावसायिक सुन्तला खेती गर्दै आएका दोसल्लेका किसानले उत्पादन गरेका सुन्तला बिक्रीबाट यस वर्ष ५० लाखभन्दा बढी रकम भित्रियाएका हुन् । पोखरा, चितवन र काठमाडौंबाट आएका व्यापारीले बगैँचाबाटै प्रतिकिलो सरदर ८० रुपैयाँका दरले सुन्तला खरिद गरेका किसानले जानकारी दिएका छन् ।

दोसल्ले व्यावसायिक सुन्तलाजात किसान समूहका अध्यक्ष प्रेमबहादुर पाइजाले ६२ हजार ५०० किलो सुन्तला निकासी हुँदा ५० लाख गाउँमा भित्रिएको जानकारी दिए। ‘गतवर्ष २५ लाख बराबरको सुन्तला बिक्री भएको थियो,’ उनले भने, ‘नयाँ बिरुवा थपिएका, रोगकीराको समस्या कम र अनुकूल मौसमका कारण उत्पादन दोब्बरले बढ्यो।’

विगतका वर्ष यहाँका किसानले मंसिर महिनामै सुन्तला बिक्री गरिसकेका हुन्थ्ये। यसपाली बढी मूल्य पार्नका लागि यहाँका किसानले पुसको अन्तिम सातादेखि सुन्तला टिपेर बजार पठाउन थालेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै