Comments Add Comment

Advertisment

SKIP THIS

बालेन शैलीमा निस्के तार्केश्वर-३ का वडा अध्यक्ष पशुराम

२८ भाद्र , काठमाडौँ । पासाङ ल्यामु मार्ग स्थित सडक मापदण्डमा पर्ने संरचना हटाउने सम्बन्धि अत्यन्त जरुरी सूचना तार्केश्वर वडा नं. ३ ले विज्ञप्ति जारी गरेकाे छ ।

मुड्खु देखि तिनपिप्ले सम्मको सडक खण्ड पटक पटकको अथक प्रयास पश्चात हाल कमलजीत ड्रागन जे.वि. निर्माण कम्पनी मार्फत स्तरोन्नती कार्य संचालनमा रहेको हुनाले उक्त बाटो खण्डको दायाँ बायाँ सडकको मापदण्ड भित्र नियम विपरित बनेका संरचना यथाशिघ्र हटाई नियमानुसार बाटो कटिङ तथा सडक स्तरोन्नती कार्यमा सहजिकरणका निम्ति विज्ञप्ति निकालिएकाे तार्केश्वर -३ का वडा अध्यक्षले न्युज24 ग्यालेक्सीलाई जानकारी दिए ।

विज्ञप्ति नोट : – मापदण्ड विपरित बनेका संरचना नहटाएमा राजमार्गको नियमानुसार हुने व्यहोरा समेत जानकारी गराईन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै