Comments Add Comment

Advertisment

SKIP THIS

अवैध लागूऔषध सहित पक्राउ

१३ बैशाख , काठमाडौं । रतुवामाई नगरपालिका-३ छालगाछीबाट करिब ६ सय ८८ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित पथरी शनिश्चरे नगरपालिका-४ बस्ने ५३ वर्षीय खड्क प्रसाद सिलवाललाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको बा.७६ प ४६९७ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी महादेवाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक सिलवाललाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

पर्वत, कुश्मा नगरपालिका-७ खरेहा बस्ने पर्सा सखुवा पर्सौनी गाउँपालिका-१ स्थायी ठेगाना भएका २४ वर्षीय धिरेन्द्र ओझैयालाई नियन्त्रित लागूऔषध फेनारगन ४५ एम्पुल, डाईजेपाम ४३ एम्पुल, नुर्फिन ४५ एम्पुल र सिरिन्ज ३ थान सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । धिरेन्द्रले लागूऔषधको कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनलाई आफ्नै कोठामा बसिरहेको अवस्थामा फेला पारी तालसी गर्दा उक्त परिमाणको लागूऔषध फेला परेको हो । उनी उपर लागूऔषध सम्बन्धी कसूर मुद्दामा जिल्ला अदालत पर्वतबाट ६ दिन म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

अवैध लागूऔषध सहित पक्राउ

अवैध लागूऔषध सहित पक्राउ

अवैध लागूऔषध सहित पक्राउ

अवैध लागूऔषध सहित पक्राउ

Advertisment

छुटाउनुभयो कि? सबै

नियन्त्रित लागूऔषध सहित पक्राउ

अवैध लागूऔषध सहित पक्राउ

अवैध लागूऔषध सहित पक्राउ

अवैध लागूऔषध सहित पक्राउ