Comments Add Comment

पर्सा प्रहरीले गाँजासहित एक जना पक्राउ

८ असार , काठमाडौं । पर्साबाट प्रहरीले लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पटेर्वासुगौली गाउँपालिका- ४ अकुवा बस्ने ६८ वर्षीय रामेश्वर पञ्जियार पक्राउ परेका हुन् ।

पञ्जियारको घरमा लुकाएर राखिएको अवस्थामा चार किलो ३०० ग्राम गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।असार सात गते साँझ पाँच बजे अकुवा टोलमा लागुऔषध गाँजा बिक्री हुने गरेको सूचना प्रहरीसमक्ष आएको थियो ।

सूचनाकै आधारमा प्रहरीले पञ्जियारको घर खानतलासी गर्दा घरमा लुकाएर राखेको अवस्थामा चार किलो ३०० ग्राम गाजा फेला परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment