Comments Add Comment

Advertisment

SKIP THIS

प्रहरीको असई र जवानमा जागिर लगाई दिने भनेर ठगी गर्न भोला मगरलाई प्रहरीले पक्राउ

नेपाल प्रहरीमा जागिर लगाइदिने प्रलोभनमा पारी ६ जना तीन लाख ठगी गरेको उजुरीपछि सल्यानमा एक युवक पक्राउ परेका छन्।

कालिमाटी गाउँपालिका–२ कट्बीरका २५ वर्षीय भोला पुन मगरले आफ्नै वडा टाट्केका सुशिलकुमार पुन, योगेन्द्र थापा, जनक केसी, सुरेश खत्री, नेत्रलाल केसी र महेशकुमार केसी प्रहरी बनाइदिने प्रलोभन देखाई उनीहरूबाट जनही ५० हजार रकम असुलेका थिए।

जिल्ला प्रहरी प्रमुख डिएसपी नवीन कार्कीले जवान र असईमा भर्ना गराइदिने प्रलोभनमा पारी ६ जनाबाट प्रतिव्यक्ति ५० हजारका दरले ३ लाख ठगी गरेको उजुरीको आधारमा मगरलाई पक्राउ गरेको बताए।

‘यसअघि पनि मैले धेरैलाईलाई प्रहरीमा जागिर खुवाइसकेको छु र मेरो प्रहरीका ठूला अफिसरसँग चिनजान छ ढुक्क हुन भन्दै रकम असुलेको पाइयो,’ डिएसपी कार्कीले भने, ‘मगरले पैसा मात्रै हैन ती ६ जनालाई जागिरको प्रलोभनमा पारी घरको कामसमेत गराएको अनुसन्धानबाट खुलेको छ।’

सुरूमै मगरले ६ जनाबाट रकम असुलेका थिए। रकम असुल्दा उनले आफूले बैंक खाता नखोलेको भन्दै साथीको नाममा आइएमी गर्न लगाएका डिएसपी कार्कीले बताए।

लामो समयसम्म प्रहरीको जागिर नखुवाएपछि पीडितहरूले मंसिर २९ गते बिहान मगरलाई कालिमाटी–२ टाट्केमा आएको समयमा भेटेपछि रकम फिर्ता गर्न भनेका थिए। तर, मगरले आफूले कसैसँग रकम नलगेको हुँदा प्रमाण देखाउन र त्यसो नभए जे सक्छौ गर भनेर धम्काएका थिए।

त्यसपछि पीडित भनिएका ६ जनाले इलाका प्रहरी कार्यालय लुहाममा गई मगरविरूद्ध ठगी गरेको भन्दै किटानी जाहेरी दिएका थिए। त्यसको केही दिनपछि आरोपित मगरलाई त्रिवेणी गाउँपालिका ६ लुहाम बजारबाट पक्राउ गरिएको सल्यान प्रहरी प्रवक्ता प्रहरी निरीक्षक भवानी प्रसाद धमलाले बताए।

पक्राउपछि मगरलाई जिल्ला अदालत लगिएकोमा पुस ८ गतेदेखि लागु हुने गरी दश दिन थुनामा राखेर घटना अनुसन्धान गर्न अदालतले अनुमति दिएको प्रहरी निरीक्षक धमलाले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै