Comments Add Comment

Advertisment

SKIP THIS

ल्हासा उड्न लागेको विमान धावनमार्गमै लाग्यो आगो

२९ वैशाख, काठमाडौं । चीनको दक्षिणपश्चिम भागमा रहेको चोङछिङ शहरबाट ल्हासाका लागि उड्न लागेको विमान धावनमार्गमै आगो लागेको छ ।

चोङछिङ च्याङपे अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको उक्त विमानका सबै ११३ यात्रु र नौ कर्मचारीलाई सुरक्षित रूपमा बाहिर निकालिएको तिब्बत एयरलाइन्सले जनाएको छ ।

बिहीबार बिहान विमान टेकअफ गर्नै लाग्दा धावनमार्गबाट अगाडि पुगेको थियो । घटनामा ४० भन्दा बढी यात्रुलाई सामान्य चोट लागेको बताइएको छ । उनीहरूलाई तत्काल उपचारका लागि अस्पताल लगिएको थियो । उक्त घटनाकाे अनुसन्धान अधिकारीहरुले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै