Comments Add Comment

Advertisment

SKIP THIS

१ हजार ३८८ कोरोना संक्रमित थपिए, २४ को मृत्यु

१३ भाद्र , काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ७ हजार २५९ जनाको पीसीआर परीक्षणमा १ हजार २१४ र ३ हजार ३८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १७४ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २ हजार २६० जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment