Comments Add Comment

Advertisment

SKIP THIS

ओमिक्रोनबाट बेलायतमा पहिलो मृत्यु

२८ मंसिर काठमाडौ । बेलायतमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले मृत्युको पुष्टि गरे । लण्डनको एक खोप केन्द्रको भ्रमणको क्रममा प्रधानमन्त्री जोन्सनले ओमिक्रोनको संक्रमणलाई हल्का ढंगले नलिन आह्वान गरे ।

उनले भने, दुःखको कुरा ओमिक्रोनको संक्रमणबाट मानिसहरु अस्पताल भर्ना भइरहेका छन् र एक जना बिरामीको यसबाट मृत्यु पनि भइसकेको छ ।

त्यसैले हामीले यो भाइरसको भेरियन्टलाई हल्का रुपले लिनु हुँदैन ।’ उनले कोरोना भाइरसविरुद्धको खोपको बुस्टर डोज लगाउन पनि आह्वान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment