Comments Add Comment

Advertisment

SKIP THIS

स्कुटर दुर्घटनामा मृत्यु

२ पुष काठमाडौ । स्कुटर दुर्घटनामा घाइते भएकी एक युवतीको मणिपाल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

गत मंसिर २२ गते तनहुँ शुक्लागण्डकी–७ सेराटारमा स्कुटर दुर्घटना हुँदा गम्भीर घाइते भएकी दुलेगौडा बस्ने २७ वर्षीया निशा थापाको उपचारका क्रममा मृत्यु भएको हो ।

पृथ्वीराजमार्ग अन्तर्गत अकलादेवी मन्दिरबाट खैरेनीटारतर्फ जादैँ गरेको ग १० प ८८५४ नम्वरको स्कुटर दुर्घटनामा घाइते भएकी थापाको मणिपाल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए ।

उपरीक्षक पौडेलकाअनुसार स्कुटर पन्चर भएर अनियन्त्रित भएर दुर्घटना हुँदा स्कुटर पछाडि बसेकी थापा गम्भिर घाइते भएकी थिइन् । त्यसलगत्तै थापालाई थप उपचारका लागि पोखरास्थित मणिपाल अस्पतालमा ल्याइएकोमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा स्कुटर चालक पोखरा –२९ आदर्श चोकका ४० वर्षीय रामबहादुर नेपालीको बायाँ हातमा चोट लागेको छ । उनको अवस्था सामान्य रहेको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै