Comments Add Comment

Advertisment

SKIP THIS

बालाजु प्रहरी वृत्त स्थानीय पहलमा पुनर्निर्माण, विशेष समारोहका बीच नेपाल प्रहरीलाई हस्तान्तरण

काठमाडौं, कात्तिक २९ — जेन्जी आन्दोलनका कारण क्षतिग्रस्त बनेको बालाजु प्रहरी वृत्त स्थानीय बासिन्दा र विभिन्न संघ–संस्थाहरूको सक्रिय सहयोगमा पुनर्निर्माण गरी शुक्रबार एक औपचारिक समारोहका बीच नेपाल प्रहरीलाई हस्तान्तरण गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि समाजसेवी आत्मा कृष्ण श्रेष्ठ रहे।
समारोहमा माननीय बसन्त मान्धर, माननीय प्रकाश श्रेष्ठ, काठमाडौं–१६ की वडा अध्यक्ष रोजिना श्रेष्ठ, वडा सदस्यहरू, स्थानीय सर्वसाधारण, समितिका संयोजक समाजसेवी शिव भक्ती रजित, पूर्व समिति अध्यक्ष गौतम प्रजाप्रती, पूर्व समिति सदस्य सानु प्रजापति तथा प्रहरी काठमाडौं परिसरका प्रमुख रमेश थापा सहितको उपस्थिति रहेको थियो।

पुनर्निर्माण अभियानमा पत्रकार तथा अभियन्ता राममणि घिमिरे, समाजसेवी तथा अभियन्ता देवेन्द्र कुमार श्रेष्ठ, बालाजु महानगरपालिका–१६ का बासिन्दा, तारकेश्वर नगरपालिकाका स्थानीय तथा विभिन्न सामुदायिक संस्था–संगठनहरूको उल्लेखनीय योगदान रहेको आयोजकले जनाएको छ।

स्थानीय पहलमा पुनः पहिल्यै स्थानमा पुनर्निर्मित प्रहरी वृत्त हस्तान्तरणपछि अब क्षेत्रको सुरक्षा सेवा अझ सुव्यवस्थित र प्रभावकारी हुने अपेक्षा गरिएको छ।

वक्ताहरूले समुदाय–प्रहरी सहकार्यको यो उदाहरणले सामुदायिक सुरक्षालाई थप मजबुत बनाउने र स्थानीय तहमा सकारात्मक सन्देश दिने उल्लेख गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै