Comments Add Comment

तारकेश्वर–६ मा ४२ वर्षीय पुरुष झुण्डिएको अवस्थामा मृत फेला

काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. ६ मा ४२ वर्षीय एक पुरुष झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।

स्थानीयका अनुसार उनी बिहान करिब ६ बजे खाना खाएर घरबाट बाहिर निस्किएका थिए। श्रीमतीका अनुसार त्यसपछि उनीसँग सम्पर्क हुन सकेको थिएन। केही समयपछि आफूहरू भाडामा बस्ने घरअगाडि रहेको मकैबारीमा एक रुखमा झुण्डिएको अवस्थामा उनी फेला परेका हुन्।

घटनाबारे जानकारी पाएपछि प्रहरी घटनास्थल पुगेको थियो। घटनाको कारण खुलेको छैन र प्रहरीले आवश्यक अनुसन्धान अगाडि बढाइरहेको स्थानीयले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै