Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौंबाट स्रोत नखुलेको झन्डै ३५ लाख नगदसहित दुई पक्राउ

२५ मंसिर , काठमाडौ । प्रहरीले काठमाडौंबाट स्रोत नखुलेको झन्डै ३५ लाख नगदसहित दुई जनालाई पक्राउ गरेको छ।

काठमाडौं टोखा नगरपालिका-१० का ५६ वर्षीय जितेन्द्रकुमार चौधरी र पोखरा महानगरपालिका-१७ का ६१ वर्षीय विश्वकुमार गुरुङलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक भरत बोहोराले जानकारी दिए।

आइतबार पत्रकार सम्मेलन गर्दै प्रहरीले उनीहरूलाई सार्वजनिक गरेको हो। बिहीबार दिउँसो चेकिङमा खटिएको प्रहरी टोलीले चेक गर्ने क्रममा चौधरीको साथबाट ३४ लाख ९७ हजार रुपैयाँ नगद भेटिएको हो।

चौधरी जोरपाटीबाट गोकर्णतर्फ जाँदै थिए। यस्तै, घटनाबारे थप अनुसन्धान गर्दा उक्त रकम चौधरीले गुरुङको रहेको भनेको एसएसपी बोहोराले बताए।

प्रहरीले ३४ लाख ९७ हजार नगद रुपैयाँसहित स्कुटर नियन्त्रणमा लिएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment