Comments Add Comment

कोहलपुर प्रहरीको ठुलो सफलता : वृद्धाको हत्यामा संलग्न एक चाइनिज पक्राउ

.(सागर थापा)

६ भदौ , काठमाडौ । कोहलपुरमा ८२ वर्षीया वृद्धाको हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।

कोहलपुर–११ एकतानगर निवासी ८२ वर्षीया साउनी कार्कीको हत्या गर्ने व्यक्ति पक्राउ गरेका हुन् । सोमबार इलाका प्रहरी कार्यालय कोहलपुरले कार्कीको हत्या गरेको आरोपमा कोहलपुर–१२ चप्परगौडीस्थित रामजानकी टोल बस्ने ३४ वर्षीय चाइनिज भनिने सन्तोष कुमार थापालाई पक्राउ गरि सार्वनजनिक गरेको हो ।

निज थापाले गत साउन २ गते राती घर मै सुतिरहेको अवस्थामा विभिन्न घरेलु हात हतियार प्रयोग गरेर हत्या गरेको खुलेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी रविन्द्र खनालले जानकारी दिए । अभियुक्त थापाले ज्यानै मार्ने उद्देश्य राखी धाराको हत्ता खोली सोही फलामको हत्ताले टाउकोमा हानेर हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।

अनुसन्धानको क्रममा नीज थापाले आफूले हत्या गरेको स्वीकार गरेको र घटनास्थलमा भेटिएका प्रमाणहरुको आधारमा पक्राउ गरिएको हो ।‘ थापा मादक प्रदार्थ सेवन गर्ने लागू औषध प्रयोगकर्ता भएको खुलेको छ । नेपाल र भारतको रुपैडियासम्म जाने गरेका थिए । श्रीमतीसँग सम्बन्ध विच्छेद भएपछि अपराधिक क्रियाकलापमा सलंग्न भएको देखिएको छ ।’ उनले भने ,‘ वृद्धाको हत्या भएको दिन विहान ८ बजे मदिरा सेवन गरेर हिडेको बयान दिनुभएको छ ।

दिउँसो विभिन्न स्थानमा गाँजा र चुरोट सेवन गरेको देखिएको छ । राती सबै सुतिसकेपछि एकतानगरको बाटो हुँदै हिड्दा साउन कार्कीको घरमा चोरी गर्ने मनसायले घरमा पुगेको देखिन्छ । 

प्रहरीसँगको बयान नै क्रममा थापाले घरभित्रै छिरेपछि आफूलाई देखे चिन्ने भएकोले चोरी गरेको यदि निजले थाहा पाएपछि फसिने डरले धाराको हत्ता खोलेर टाउकोमा प्रहार गरी वेहोस बनाएको बताए । पछि दराज समेत खोली सुनको चेप्टो जन्तर आकारको गहना, ६ हजार जति नगद, सानो सुनको तिलहरी, छिल्लर पैसा र एउटा चाँदीको बाला चोरी गरी खेतखेतै भाग्नु भएको थियो 

कोहलपुर प्रहरीले साउनीको हत्या आरोपित पत्ता लगाउनको लागि विज्ञ टोली र तालिम प्राप्त कुकुरको समेत प्रयोग गरेको थियो । कोहलपुर डियसपी खनालले लामो समयको अनुसन्धान पछि अभियुक्त पत्ता लगाउन सफल भएको डिएसपी खनालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै