Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौँ महानगरले १६२ जना नगरप्रहरी थप्दै

३ कार्तिक , काठमाडौं । काठमाडौँ महानगरपालिकाले १६२ जना नगरप्रहरी थप्ने भएको छ ।

सडक पार्किङ, अन्डरग्राउन्ड पार्किङ, फुटपाथ व्यापार, होर्डिङ बोर्ड, डिजिटल बोर्ड र सहरी सरसफाइका लागि करारमा नगरप्रहरी थप्न लागिएको हो ।

नयाँ भर्नाका लागि नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरीमा कम्तिमा पाँच वर्ष सेवा गरी ४५ वर्ष ननाघेकालाई विशेष प्राथमिकता दिइने महानगरले जनाएको छ ।

महानगरका अनुसार मापदन्डविपरीतका होर्डिङ बोर्ड, डिजिटल बोर्ड, फुटपाथ व्यापार हटाउन र सहरी सरसफाइलाई तीव्र पार्ने तयारी छ । जनशक्ति अपुग छ । १६२ जना नगरप्रहरी आएपछि अभियान तीव्र पार्ने महानगरले जनाएको छ । महानगरको नगरप्रहरी बलमा हाल १७३ जना कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै