Comments Add Comment

Advertisment

SKIP THIS

पूर्व प्रहरी कर्मचारीसंग अन्तरक्रिया तथा पूर्व प्रहरी कर्मचारी प्रदेश समन्वय डेस्कको सुरूवात

काठमाडौं : बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक बिष्णु कुमार के.सीको प्रमुख आतिथ्यतामा पूर्व प्रहरी कर्मचारीहरू संग अन्तरक्रिया तथा पूर्व प्रहरी कर्मचारी प्रदेश समन्वय डेस्कको सुरूवात सम्पन्न भएको छ ।

पूर्व प्रहरी संगठनका पदाधिकारीहरूले बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक बिष्णु कुमार के.सी.लाई स्वागत गर्नु भएका थिए । बागमती प्रदेश प्रहरी प्रमुखले पूर्व प्रहरी कर्मचारी प्रदेश समन्वय डेस्क (कोठा) को चाँबी बागमती प्रदेश पूर्व प्रहरी संगठनका अध्यक्षलाई हस्तान्तरण गर्नु भई कार्यक्रममा उठेका जिज्ञासाहरूको सम्वोधन समेत गर्नु भएको थियो ।

कार्यक्रममा डिआईजी, एसएसपी रवि कुमार पौडेल, एसपी भिम किरण बोगटी, सिनियर प्रहरी अधिकृतहरू, बागमती प्रदेश पूर्व प्रहरी संगठनका अध्यक्ष पूर्व प्रहरी निरीक्षक रित बहादुर खाती क्षेत्री, मकवानपुर जिल्ला पूर्व प्रहरी संगठनका अध्यक्ष लगायत कार्य समितिका पदाधिकारी, पूर्व प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै